Comments Add Comment

पर्सामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

२१ जेठ, वीरगञ्ज । पर्सामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।

कालिकामाईमा ४ जना, सखुवाप्रसौनीमा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । संक्रमितहरु सबै क्वारेन्टिनमा राखिएका पुरुष हुन् । उनीहरुको उमेर १६ देखि ४९ वर्षसम्म छ ।

विन्दबासिनी गाउँपालिकाका संक्रमितलाई राति नै नारायणी अस्पताल मातहतको गण्डक कोभिड अस्पतालमा ल्याइएको छ भने अन्यलाई ल्याउने क्रम जारी छ । यसअघि नै ५० बेड आइसोलेसन क्षमता भएको गण्डक अस्पतालमा २३ जना संक्रमित उपचाररत थिए ।

वीरगञ्जस्थित पीसीआर ल्याबमा मंगलबार तीन सिफ्टमा १ सय ५७ जनाको स्वाब परीक्षण गरिएको थियो । पर्सामा हालसम्म ३ हजार ८ सय ६७ जनाको स्वाब कलेक्सन गरिएको छ । १४ वटा पालिकामा स्थापना गरिएका ३६ वटा क्वारेन्टाइन केन्द्रमा ८० जना महिलासहित ७ सय २३ जना शंकास्पद संक्रमितलाई राखिएको छ ।

भारतबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब संकलन गरिएका, र अन्य शंकास्पद संक्रमितलाई क्वारेन्टिनमा राख्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत बताउँछन् ।

वीरगञ्जस्थित नारायणी अस्पताल र गण्डक कोभिड अस्पतालबाट उपचारपछि ९७ जना कोरोनामुक्त भइ घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment