+
+

कोरोना नियन्त्रणमा खटिएकालाई दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न गृहको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १८:४४

२१ जेठ, काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई दुर्व्यहवार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिइएको हो । मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘देशका विभिन्न क्षेत्रमा स्वास्थ्यकर्मी कुटिएको खबर आएपछि यो परिपत्र जारी गरेका हौं ।’

परिपत्रमा महामारी नियन्त्रणको काममा अग्रपङ्तिमा खटिएका सबै राष्ट्र सेवकको मनोबल उच्च पार्न कार्यस्थलमा सुरक्षाको वातावरण निर्माण गर्न भनिएको छ । साथै, सुरक्षामा विशेष चनाखो भएर अवाञ्छित, गैरकानूनी र अभद्र व्यवहार गर्नेहरुलाई तत्काल नियन्त्रणमा लिइ कानून बमोजिम कारबाही गर्न भनिएको छ ।

बुधबार रौतहटको राजपुर नगरपालिका–९ मा क्वारेन्टाइन स्थलमा खटिएका सिनियर अहेव खुर्सीद आलम र रामनरेश शाह कुटिएका थिए । यसअघि डोटी पनि स्वास्थ्यकर्मी कुटिएका थिए । केही अघि नागढुंगामा पनि स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरिका उत्तम कार्की पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?