+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शम्भु सदाकी आमाको औंठा छाप लिएका छैनौं : प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते ११:५०

२९ जेठ, जनकपुरधाम । सवारी ज्यान मुद्दामा थुनिएका धनुषाको सबैला नगरपालिका १२ बरकुवाका शम्भु सदा झुण्डिएको अवस्थामा मृत फेला परेपछि परिवार तथा स्थानीयले उनको हत्या भएको आरोप लगाएका छन् । त्यतिमात्रै होइन, मृतककी आमाले प्रहरीले आफूलाई राति घरबाट उठाएर अस्पताल लगेको र बेहोस हुने सुई लगाइदिएर कागजमा औंठा छाप लगाएको आरोप पनि लगाएकी छन् ।

तर, प्रहरीले भने यो कुराको खण्डन गरेको छ । घटनाबारे चाँडै जानकारी दिन शम्भुकी आमालाई प्रहरी कार्यालयमा ल्याएको इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले यादवले बताए । ‘घटनाको विषयमा ढिलो जानकारी गराउँदा पनि ढिलो किन गराएको भन्ने प्रश्न आउँथ्यो,’ उनले भने, ‘त्यहीँ भएर तत्कालै उनलाई बोलाएर जानकारी गराएका हौं ।’

उनले थपे, ‘छोरा झुण्डिएको कुरा सुनेपछि शम्भुकी आमा बेहोस भएपछि होसमा ल्याउने हाम्रो कर्तव्य भएकाले नजिकैका एक जना स्वास्थ्यकर्मीलाई बोलाएर होसमा ल्याउन सुई लगाइएको हो । कुनै पनि कागजमा औंठा छाप लगाइएको होइन ।’

शम्भु सदा इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षमा बुधबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनकी सासु आमा र आमाले भेट्दा शम्भुले आफूलाई छिटो नछुटाए मार्ने बताएको अनलाइनखबरसँग बताएका छन् । त्यसैले घटना शंकास्पद भएको र निष्पक्ष छानबिन हुनपर्ने पीडित पक्षको माग रहँदै आएको छ ।

प्रहरी निरीक्षक यादवले भने शम्भुले त्यस्तो भनेको भए परिवारका सदस्यहरुले प्रहरीलाई जानकारी दिनुपर्ने बताए । ‘शम्भुले आफ्नी आमा र सासू आमालाई चाँडो छुटाउनू, नभए मर्छु भनेको भए त्यस्तो कुरा त मलाई चाँडो जानकारी गराउनुपर्थ्यो नि,’ प्रहरी निरीक्षक यादवले भने, ‘मैले सुरक्षा सतर्कता बढाउँथे ।’

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक यादवले शम्भुलाई थुनाभित्र कुनै समस्या नहुने गरी राखेको बताए । अनलाइनखबरसँग कुरा गर्दै प्रहरी निरीक्षक यादवले उनी थुनुवा कक्षमा एक्लै रहँदै आएका कारण मनमा विभिन्न कुरा खेलेको हुन सक्ने र आत्महत्या गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?