+
+

रौतहटमा एकै दिन ७६ संक्रमित थपिए

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ जेठ ३२ गते १९:१५

३२ जेठ, रौतहट । रौतहटमा आइतबार कोभिड १९ का ७६ संक्रमित थपिएका छन् । आइतबार थपिएका संक्रमितसँगै रौतहटमा कुल संक्रमितको संख्या ७ सय ७१ पुगेको छ ।

रौतहटको देबाही गोनाही नगरपालिकामा ७ जना , परोहा नगरपालिकाका २५ जना, राजपुर नगरपालिकाका १२ जना, इशनाथ नगरपालिकाका २२ जना माधवनारायण नगरपालिकाका १ जना, चन्द्रपुर नगरपालिकाका ५ जना बृन्दाबन नगरपालिकाका २ जना , यमुनामाइ गाउँपालिका का २ जना मा कोराना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि शनिबार रौतहटमा ९२ जनामा संक्रमण पुष्टि भएको थियो । जेठ २६ गतेसम्म ४१० जना संक्रमित रहेको रौतहटमा एक हप्ताभित्रै यो संख्या झण्डै दोब्बर नजिक पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रौतहटको राजपुर र इशनाथमा रहेको क्वारेन्टिनमा बढी संक्रमित भेटिएका छन् । हालसम्म रौतहटमा ६ हजार ९ सय ६६ जनाको स्वाब संकलन गरिएको छ ।

जसमध्ये २ हजार ८ सय ४९ जनाको नतिजा आउन बाँकी रहेको छ । रौतहटका विभिन्न स्थानीय तहको क्वारेन्टिनमा ६ हजार ४ सय ८७ जना रहेका छन् ।

रौतहटमा संक्रमण पुष्टि भएका सबै भारतीय सहरबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरु छन । सीमा क्षेत्रबाट सम्बन्धित स्थानीय तहले नागरिकको उद्धार गरी सिधै क्वारेन्टिनमा राखेकाले समुदायमा कोरोना संक्रमण देखा परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?