Comments Add Comment

ल्यापटप, कम्प्युटर किन्न लक्ष्मी बैंकले ऋण दिने

२ असार, काठमाडौं । लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरुको खरिदका लागि ग्राहकहरुलाई सुपथ व्याजदरमा सरल कर्जा सुविधाको प्रारम्भ गरेको छ ।

यो सुविधा अन्तर्गत योग्य ग्राहकहरुलाई खरिद मूल्यको १०० प्रतिशतसम्मको कर्जा शून्य प्रतिशत शुल्क तथा न्युनतम १२ प्रतिशत वाषिर्क ब्याजदरमा प्रदान गरिने छ ।

यो सुविधा हाल एसर, एप्सन, डेल तथा एप्पल ब्राण्डका ल्यापटप तथा कम्प्युटर उपकरणहरुमा उपलब्ध छ । ग्राहकहरुलाई थप छनौटको सुविधा दिन निकट भविष्यमा नै अन्य ब्राण्डहरु पनि थप गर्दै जाने बैंकको योजना रहेको छ ।

कोभिड-१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको छ ।

हिँडडुलमा प्रतिबन्ध लगाइएको परिणामस्वरुप शैक्षिक संस्था तथा कार्यालयहरु बन्द भएको स्थितिमा विद्यालय तथा कलेजहरुमा अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी तथा कर्मचारीहरुले घरबाटै काम गर्ने अवधारणाको विकास भएको छ । आवश्यकतालाई मध्यनजर गर्दै यो योजना ल्याएको बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment