+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रुकुम घटनामा निर्मला पन्त प्रकरण पुनरावृत्तिको खतरा : मसाल

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १६:३३
फाइल तस्वीर

३ असार, काठमाडौं । रुकुम पश्चिमको सोती गाउँमा भएको हत्या घटनाका प्रमाणहरुलाई नष्ट गर्ने वा जालझेल गरी घटनाको वास्तविकतालाई बङ्ग्याउने प्रयत्न भइरहेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आरोप लगाएको छ ।

मसालका प्रवक्ता रामप्रकाश पुरीले बुधबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘त्यसप्रकारको प्रयत्नले पहिले निर्मला पन्त बलत्कार हत्याकाण्डको घटनालाई पुनरावृत्ति गर्नेछ र घटनाका दोषीहरु उम्किने सम्भावना रहने छ । निर्मला पन्त बलत्कार हत्याकाण्डका प्रमाणहरुलाई नष्ट गरेर घटनालाई अन्यौलमा पार्नुका साथै अपराधीहरुलाई उम्किने अवसर दिइएको थियो ।’

पुरीले अगाडि भनेका छन् ‘निर्मला पन्त बलात्कार–हत्याकाण्डको घटनाको पुनरावृत्ति रुकुम पश्चिमको उक्त हत्याको घटनामा पनि भयो भने त्यसले देशको सुरक्षा र न्याय प्रणालीप्रति जनताको विश्वासलाई खतम गर्नेछ ।’

नेकपा मसालको वक्तव्यमा अगाडि भनिएको छ, ‘अहिले विभिन्न घटनाक्रमले रुकुम पश्चिमको हत्याकाण्ड सम्बन्धमा निर्मला पन्त बलत्कार हत्याकाण्डको पुनरावृत्तिको सम्भावना अगाडि आएको छ । हामी उक्त घटनाका दोषीहरुलाई कडा कारबाहीको माग गर्नुका साथै सामाजिक सुरक्षा व्यवस्थाको लागि पनि सरकारको ध्यान आकर्षण गर्न चाहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?