+
+
Shares

कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टिनबाट भागे एक युवक

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १८:४३
प्रतीकात्मक तस्वीर

८ असार, सप्तरी । सप्तरीमा कोरोना संक्रमण पुष्टि भएको थाहापाए लगत्तै एक व्यक्ति क्वारेन्टिनबाटै भागेका छन् ।

हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहस्थित वीपी माविको क्वारेन्टिनमा बसेका २४ वर्षीय युवक क्वारेन्टिनबाट भागेका हुन् । उनको पीसीआर परीक्षणको रिपोर्ट सोमबार आएको थियो ।

रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि उनलाई छुट्टै कोठामा राखिएको थियो । तर त्यसको केही बेरमै उनी क्वारेन्टिनबाट भागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामदेव यादवले जानकारी दिए ।

‘अन्य व्यक्तिसँगै रहेका उनी पोजेटिभ देखिएपछि अर्काे कोठामा राख्न लगायौं,’ उनले भने, “तर पानी परेको मौका छोपी उनी पर्खालबाट हाम फालेर भागे ।”

सर्लाही घर भएका ती व्यक्ति सप्तरीमै बस्दै आएका थिए । पछिल्लो समय भारतबाट आएका उनलाई क्वारेन्टिनमा राखिएको थियो ।

दुई वटा विवाह गरेका उनको दुवै ससुराली सप्तरीमै छ । ससुरालीमा समेत उनी फेला नपरेको र प्रहरीले खोजी कार्य जारी राखेको स्वास्थ्य संयोजक यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?