+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौं प्रवेश गर्न नदिएको भन्दै प्रदेश १ मा कांग्रेसद्वारा संसद अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १८:३७

८ असार,विराटनगर । काठमाडौं प्रवेश गर्न अवरोध गरेको भन्दै नेपाली कांग्रेसले सोमबार प्रदेश १ को प्रदेशसभा अवरुद्ध गरेको छ ।

केन्द्र सरकारले आफ्ना नागरिकलाई दुःख दिँदा प्रदेश सरकार चुप बसेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेसको अवरोधपछि सोमबारको प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले काठमाडौंको हेपाहा प्रवृत्तिविरुद्ध प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने बताए ।

आफ्नै मुलुकका नागरिकलाई नाकाबाट फर्काएर काठमाडौंले ज्यादती गर्दा प्रदेश सरकार रमिते बनेको कार्कीको आरोप छ । ‘काठमाडौं देशको मुटु भनेर मान्यौं, राजधानी भन्यौं, काठमाडौंबाट सीडीओको पासमा जो पनि आउन पाउँछ,’ कार्कीले भने ‘तर, काठमाडौं जान महाराजाहरुले उतैको पास खोजे ।’

कोरोना महामारी रोकथामका लागि भनी सरकारले घोषणा गरेको लकडाउनमा एक जिल्लाबाट अर्को जिल्ला जान प्रतिबन्ध लगाइएको छ । त्यसैगरी अन्य जिल्लाबाट काठमाडौं उपत्यका प्रवेशमा पनि कडाइ गरिएको छ ।

प्रदेश सरकारका सचिवले समेत सीडीओको पास लिएर काठमाडौं जानुपर्ने अवस्था रहेको बताउँदै कार्कीले भने ‘वरियतामा माथि नै होला तर आन्तरिक मामिला मन्त्रालयका सचिवले काठमाडौं जाँदा सीडीओको पास लिनुपर्ने अवस्था छ ।’

केन्द्र सरकारले संघीयताको खिल्ली उडाइरहेको बेला प्रदेश सरकार मौन बस्न नुहने उनको भनाइ छ ।

नेता कार्कीले प्रदेश १ सरकारले कोरोना परीक्षणमा भएको खर्च प्रदेशसभालाई जानकारी गराउनुपर्ने माग गरे ।

प्रदेशको नामाकरण गर्न नसकेको, सांसदले उठाएको प्रश्नको जवाफ नआएको बताउदै उनले मुख्यमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?