Comments Add Comment

पीसीआर मेसिन खरिद गर्दै भीमदत्त नगरपालिका

१० असार, डोटी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस -कोभिड-१९)परीक्षणका लागि पीसीआर मेसिन खरिद प्रक्रिया सुरु गरेको छ ।

संक्रमितका संख्या बढ्दै गइरहेको र सुदूरपश्चिम प्रदेशभर एकमात्रै पीसीआर मेसिन भएका कारण परीक्षणमा ढिलाइ भएको भन्दै भीमदत्त नगरपालिकाको कोडिभ-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्देशक एवम् समन्वय समितिकोगत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो ।

परीक्षणको दायरा बढाएर महामारी फैलिन नदिन मेसिन खरिद गर्ने निर्णय गरिएको समितिका संयोजक एवम् भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले प्रतिक्रिया दिएका थिए ।

नगरपालिकाको उक्त निर्णय कार्यान्वयनमा गएको छ । गत सोमबार मेसिन खरिदका लागि नगरपालिकाले बोलपत्र आह्वान गरेको छ ।

राष्ट्रियस्तरको पत्रिकामा सूचना सार्वजनिक गरी खरिद प्रक्रिया सुरु गरिएको उक्त बोलपत्रको लागत अनुमान ३५ लाख ४८ हजार पाँच सय रुपयाँ तय भएको छ ।

समितिको निर्णय अनुसार पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाइएको नगर प्रमुख विष्टले बताए । मेसिन खरिदका लागि चिकित्सकसहित विभिन्न क्षेत्रका प्रतिनिधिसित छलफल गरिएको समेत बिष्टले जानकारी दिए । उनले थपे, ‘पीसीआर मेसिन सञ्चालनका लागि स्थान छनौट गर्न कार्यदल गठन गरी कार्य अघि बढेको छ ।’

सुदूरपश्चि प्रदेशमा हालसम्म एकमात्र पीसीआर मेसिन हुँदा विभिन्न जिल्लाबाट संकलन गरिएको सात हजार तीन सय १९ जनाको स्वाव थन्किएर बसेको प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment