१० असार काठमाडौं । युनिभर्सल बोसका रुपमा परिचित वेष्ट इन्डिजका खेलाडी क्रिस गेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल) नखेल्ने भएका छन् । सीपीएलको लागि खेलाडीहरुको ड्राफ्ट हुनु एक दिनअघि गेलले उक्त निर्णय लिएको क्रिकइन्फोले जनाएको छ । खेलाडीको ड्राफ्ट जनवरी २४ मा हुँदैछ ।
व्यक्तिगत कारण यस सिजन सीपीएलमा उपलब्ध हुन नसक्ने भन्द गेलले आफ्नो फ्रेन्चाइज सेन्ट लुसिया जौक्लासई समेत जानकारी गराइसकेका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका हुन् ।
गेलको निर्णयलाई उनको फ्रेन्चाइजल पनि पुष्टि गरिसकेको छ ।
कोभिड१९ का कारण यस सिजनको सीपीएल पछि सरेको छ । आयोजकले अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म लिग ट्रिनिडाड एण्ड टोबागोमा सीपीएल आयोजना गर्ने जनाएको छ तर सरकारको स्वीकृति पाउन बाँकी छ ।
गेलले फ्रेन्चाइजलाई लेखेको इमेलमा उनले लकडाउनका कारण सेन्ट किट्समा रहेको आफ्नो परिवार र बच्चालाई भेट्न नपाएको र परिवारसंग समय बिताउन ब्रेक चाहिएको बताएको क्रिकइन्फोले उल्लेख गरेको छ । गेल हाल जमैकामा छन् ।
गेलले गत अप्रिलमा जौक्ससँग सम्झौता गरका थिए । जुन सीपीएलमा गेलको तेस्रो टिम थियो । उनले यसअघि दुई फरक समयमा तल्लावाहजका लागि खेलेका थिए भने २०१७-१८ मा सेन्ट किट्स एण्ड नेभिसका लागि खेलेका थिए ।
सीपीएलमा गेलले सर्वाधिक दुई हजार ५३४ रन बनाएका छन् ।
४० वर्षीय गेलले वेस्टइन्डिजको लागि १०३ टेस्ट, ३०१ ओडीआई र ५८ टि-२० आई खेलेका छन् । उनले टेष्टमा ७ हजार २१४ , ओडीआईमा १० हजार ४८० र टि-२०आईमा एक हजार ६२७ रन बनाएका छन् । २०१९ को विश्वकप यता गेलले वेष्ट इन्डिजका लागि खेलेका छैनन् ।
प्रतिक्रिया 4