+
+

नयाँ नक्सा अनुमोदन गरेकोमा दलहरुलाई राष्ट्रपतिको बधाई

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १८:३७

१० असार, काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बधाई दिएकी छन् ।

राष्ट्रिपति भण्डारीले बुधबार अपराह्न संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेकी थिइन् । नयाँ नक्सा पास गर्न दलहरुबीच राष्ट्रिय सहमति बनेकोमा उनले बधाई दिएकी छन् ।

साथै कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध पनि एक भएर लड्ने विश्वास व्यक्त गरेको भेटमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?