+
+

देशभर असार १० गतेसम्म २० प्रतिशत रोपाइँ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १८:२७

११ असार, काठमाडौं । असार १० गतेसम्म देशभर २० प्रतिशत धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा बुधबारसम्म प्राप्त देशैभरको तथ्यांक अनुसार कुल दुई लाख ७५ हजार हेक्टर हाराहारी क्षेत्रफलमा धान खेती भईसकेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए ।

‘असार १० गतेसम्म २० प्रतिशत रोपाइँ सम्पन्न भएको देशैभरको विवरण प्राप्त भएको छ,’ डा.केसीले भने ।

समयमै मनसुन सुरु भएकाले रोपाइँमा कुनै कठिनाई नभएको उनले बताए । नेपालमा कुल १३ लाख ७१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुनेको मन्त्रालयले जनाएको छ ।

कोरोनाकाकारण खेतीपातीका लागि जनशक्ति पनि प्रशस्त मात्रामा गाउँमा रहेकाले यसवर्ष धान लगायतका कृषि उत्पादन बढ्ने अपेक्षा मन्त्रालयको छ ।

जमिन बाँझो नराख्ने सरकारी नीति र कोरोनाकै करण पनि आत्मनिर्भर बन्नकालागि खेती गर्ने चलनमा उल्लेख्य प्रगति भएको मन्त्रालयले जनाएको छ ।

कोभिडका कारण रसायनिक मल आयातमा देखिएको समस्या समाधान गर्न मन्त्रालयले प्रयास गरिरहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?