+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

काठमाडौं उपत्यकामा १७ जना कोरोना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते २०:१७

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ पुरुषमा संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ महिला र एक पुरुष, ललितपुरका ३ महिला र २ पुरुष र भक्तपुरका एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरूको काठमाडौं उपत्यकाको ठेगाना भने मन्त्रालयले खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?