
२२ असार, काठमाडौं । भारतको आर्थिक सहयोगमा इलामको बारबोटेमा श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको भवन निर्माण भएको छ ।
नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत ३ करोड ११ लाख ३० हजार रुपैयाँको लगानीमा विद्यालयको चार तले भवन निर्माण भएको हो ।
भारतीय दूतावास र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिले भिडियो कन्फरेन्समार्फत नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।
नवनिर्मित चार तले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् । जसमा दशवटा कक्षाकोठा, आवसीय विद्यार्थीका लागि नौ वटा शयन कक्ष, चार वटा अध्ययन कक्ष, एउटा बैठक कक्ष, एउटा साभा हल, तीनवटा भण्डारण कक्ष र प्रत्येक तलामा छात्र र छात्राका लागि छुट्टै सरसफाइका सुविधा छन् ।
सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित यस विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो ।
विद्यालयले वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषमा अध्यापन गराउँदै आइरहेको छ । । अन्य जिल्लाबाट आएका विद्यार्थीहरुका लागि विद्यालयले आवसीय सुविधा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया 4