+
+

स्वास्थ्य अनुसन्धानमा उत्कृष्ट नौ डाक्टर पुरस्‍कृत

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते १६:२२

२४ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ राष्ट्रिय शिखर सम्मेलन समापनको अवसरमा परिषदले नौ जना स्वास्थ्य अनुसन्धानकर्ता तथा वैज्ञानिकलाई पुरस्कृत गरेको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमबाट भर्खरै सेवा निवृत्त प्रा.डा. जीवनबहादुर शेरचनलाई हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेसन अवार्डबाट वरिष्ठ नेत्र सर्जन डा. सन्तुक रुइत सम्मानित भएका छन् ।

मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्चर अवार्ड (४० बर्ष मुनिका मेडिकल डाक्टर)  क्यान्सर रोग विशेषज्ञ डा. विशाल ज्ञवालीले प्राप्त गरेका छन् । हाल उनी क्यानाडाको क्विन्स युनिभर्सिटीमा एसिसेन्टस प्रोफेसरको रुपमा कार्यरत छन् ।

मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्चर अवार्डबाट अशोक पाण्डे र दुर्गादेवी ज्ञवाली एनएचआरसी वेष्ट पेपर अवार्ड प्रा. डा. गेहनाथ बराल सम्मानित भएका छन् ।

हेल्थ रिसर्च अवार्डबाट डा. सुनील मुनकर्मी,  बेष्ट पेपर प्रिजेन्टेशन अवार्ड पोस्टरबाट शिक्षा अधिकारी,  मौखिकबाट  प्रतीक खनाललगायत सम्मानित भएका छन् ।

बुधबार समापनको अवसरमा कोभिड १९ महामारीमा समयको परवाह नगरी आफ्नो कार्यक्षेत्रमा अनवरत सेवा पुरयाएको भन्दै परिषदका कर्मचारी मानध्वज तामाङलाई १५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?