
गायक प्रकाश सपुतले नयाँ गीत ‘नमस्कार’ सार्वजनिक गरेका छन् । करिब एक वर्षपछि गायक सपुत नयाँ गीत लिएर दर्शकमाझ आएका हुन् । उनले आफ्नो यो गीतमा कोरोनापछि मानिसले भोगिरहेको अवस्था र सबै मानिस बराबर हुन् भन्ने सन्देश दिन खोजेका छन् ।
गीतमा प्रकाशकै शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोमा प्रकाशको साथमा विराज थापा, किरण मगरको अभिनय हेर्न सकिन्छ । देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको भिडियोमा प्रविण भट्टको सम्पादन र अनिल के मानन्धरको छायाङ्कन छ ।
लामो समयको लकडाउनको कारण दर्शकमाझ जान नपाएर छट्पटिएको एक गायकले आफ्नै वरिपरि देखेको खुसीलाई भिडियोमा चित्रित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4