+
+

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २७ गते १६:२१

२७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस -कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

साथै थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।

कहाँकहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमित भेटिएका छन् । तर कहीँ पनि दोहोरो अंकमा छैनन् । सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५/५ जना संक्रमित थपिएका छन् ।

यस्तै सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४/४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३/३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २/२ जना संक्रमित थपिएका छन् ।

यस्तै सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?