Comments Add Comment

टोटनहमको पुनरागमन जित, मैदान र अंकतालिका दुवैमा पछि पर्‍यो आर्सनल

२९ असार, काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतवार भएको नर्थ लण्डन डर्बीमा टोटनहम हट्सपरले आर्सनलविरुद्ध पुनरागमन जित हासिल गरेको छ । घरेलु मैदानमा टोटनहमले एक गोलले पछि परेको स्थितl उल्टाउँदै आर्सनललाई २-१ ले पराजित गरेको हो ।

टोटनहमले मैदानमा मात्र होइन अंक तालिकामा पनि आर्सनललाई पछि पार्दै आठौं स्थानमा उक्लेको छ ।

१६औं मिनेटमा एलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई पहिले अग्रता दिलाएका थिए । तर आर्सनलको अग्रता लामो समय टिकेन । तीन मिनेटपछि नै हेउङ मिन सन्ले टोटनहमका लागि बराबरी गोल पर्काए ।

पहिलो हाफको खेल १-१ को बराबरीमै सकियो । दोस्रो हाफ पनि बराबरीतर्फ अघि बढिरहेको थियो। तर ८१औं मिनेटमा डिफेण्डर टोबी एल्डरवेइल्डले सन कै पासमा हेडमार्फत गोल गर्दै टोटनहमलाई २-१ को अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा टोटनहमले लण्डन डर्बीमा जितसहित ३ अंक जोडेको हो ।

जितपछि ३५ खेलबाट ५२ अंक जोडेको टोटनहम आर्सनल र बर्नलीलाई पछि पार्दै आठौं स्थानमा उक्लेको छ । साथै टोटनहमले शीर्ष ६ मा रहेर अर्को सिजन युरोपियन प्रतियोगिता खेल्ने सम्भावना पनि कायम राखेको छ । पराजित आर्सनल भने ५० अंकसहित नौं स्थानमा झरेको छ । ५० अंक नै रहेको बर्नलीले गोलअन्तरमा पछि पर्दै १०औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment