+
+

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश–१ सरकारलाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते १५:५५

२९ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।

बैंकको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

माननीय मुख्यमन्त्री राईले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए।

बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।

उक्त कार्यक्रममा प्रदेश नं. १ सरकारका अर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?