
९ साउन, काठमाडौं । सिंहदरबार काठमाडौंको प्रमुख प्रकाशकीय केन्द्र हो । प्रधानमन्त्रीको कार्यालयदेखि अधिकांश मन्त्रालयहरु यही सिंहदरबारभित्र छन् ।
यो सिंहदरबारभित्रका धेरै कोठा रातो कार्पेटले सजिएका छन् । तर यही सिंहदरबारका संरचनाहरू सरकारी निकायहरुको उपेक्षामा छन् ।
यहाँका सडकहरु त चिल्ला छन्, वर्षा लाग्नासाथ दरबारका मूल गेटददेखि प्रशासकीय भवनहरुमा झार उम्रन्छन् । भवनहरुदेखि पैदल हिँड्ने बाटोमा लेउ लाग्छन् । सडक आसपास फोहोर जम्मा भएर बस्छन् ।
तर, यस्तो फोहोर हटाएर सिंहदरबारलाई सफा राख्न भने कसैको ध्यान पुग्दैन । शुक्रबार काठमाडौं महानगरपालिकाका सफाइ र तथा सुरक्षा सम्बद्ध कर्मचारीहरु सिंहदरबारको मूल गेट सफाइ गर्न पुगे । उनीहरुले झार उखेले । हरिया लेउ खुर्किए । गेटका संरचनाका विभिन्न भागमा उम्रिएका पिपलदेखि झारहरु हटाए । पानीले पखाले ।
बिहीबार सिंहदरबारमा सचिव एकनारायण अर्यालसहितको टोली कामले विशेष जाँदा झार उम्रिएर कुरुप भएको देखेपछि सरसफाइका लागि कर्मचारी पठाइएको महानगरपालिकका सहसचिव राजेश्वर ज्ञवालीले जानकारी दिए ।
‘मूल गेटनै झारको ढाकेको देखेपछि सफाइ गरेका हौं,’ ज्ञवालीले भने,’ सिहंदरबारको सफा रहनु हामी सकै सरकारी निकायको प्रतिष्ठाको विषय हो, महानगरले सफाइका लागि थप प्रयासहरु गर्छ ।’
प्रतिक्रिया 4