+
+
Shares

ज्यान मुद्दाका फरार प्रतिवादी साढे ८ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १७:०२

११ साउन, कैलाली । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति साढे ८ वर्षपछि पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-१ का ४१ वर्षीय सुरेन्द्र सिंहको हत्यामा संलग्न वडा नम्बर ८ का सुवर्ण श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कैलालीले आठ वर्ष ७ महिनापछि पक्राउ गरिएको हो ।
श्रेष्ठले २०६८ साल मंसिरमा सिंहलाई कुटपिट गरी घाइते बनाएका थिए । सिंहको उपचारका क्रममा मृत्यु भएको थियो।

कर्तव्य ज्यान मुद्दामा श्रेष्ठ सहितका दुई जनालाई प्रतिवादी बनाइएको थियो। कैलाली जिल्ला अदालतले दुवै जनालाई जन्म कैदको सजाय सुनाएको थियो।

श्रेष्ठ घटना भएदेखि नै फरार रहेको र शनिबार धनगढी उपमहानगरपालिका-९ मा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?