+
+

धरानको तरकारी बजारमा आगलागी : ११ पसल जले, ५२ लाखको क्षति   

रासस रासस
२०७७ साउन १२ गते १३:५७

१२ साउन, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

विद्युत् चुहिएर भएको आगलागीमा परेर सोमबार बिहान ११ वटा पसल जलेर नष्ट हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा फलफूल, तरकारी, कस्मेटिक, किराना पसल र होटल जलेर पूर्णरूपमा नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

आगलागीमा परेर रमा चौहान खतिवडा, कल्पना तामाङ, ओसिन श्रेष्ठ, सविता खनाल लिम्बू, ज्ञानकुमार श्रेष्ठ, अनिता आचार्जु, नीरा निरौला, इन्दिरा श्रेष्ठलगायतको पसल र पसलमा भएका विभिन्न सामग्री, पैसा, फर्निचरका सामग्रीसमेत जलेर पूर्णरूपले नष्ट भएको हो । स्थानीयवासी, धरान उपमहानगरपालिकाको वारुणयन्त्र, नगर प्रहरी र जनपद प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?