+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १७:५०

२० साउन, काठमाडौं । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिलकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

दुई लाख रुपैयाँ घुस बापतको रकम लेनदेन गरिरहेको अवस्थामा उनीहरुलाई बुटवलको बुद्धचोकबाट नियन्त्रणमा लिइएको अख्तिायारले जनाएको छ ।

प्रमुख अनुसन्धान अधिकृत रानाले गुड्खा र चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस रकम लिने गरेको सूचनापछि आयोगको बुटवलबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा दिइएको अख्तियारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?