+
+

१९ वर्षीय युवकले बनाए चारपांग्रे गाडी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १४:३२

१ भदौं, काठमाडौं ।  नवलपुरका एक युवाले चारपांग्रे गाडी निर्माण गरेका छन् । मोटरसाइकलको पुरानो इन्जिन प्रयोग गरेर नवलपरासीको गैँडाकोटका मुस्कान सापकोटाले चारपांग्रे गाडी बनाएका हुन् ।

मुस्कानले हेर्दा ठ्याक्कै मिनि ट्रक जस्तै देखिने गाडि अगाडि चालकसहित २ जना बस्ने मिल्ने र पछाडि सामान राख्न मिल्ने गरी गाडी बनाएका हुन् ।

उनले बनाएको गाडि केहिदिन अघि स्थानीय जनप्रतिनिधिहरु समेतको सहभागितामा स्थानीय मन्दिरमा सार्वजनिक गरिएको थियो । सरकारले परीक्षण गरेर यसलाई चलाउन अनुमति दिनुपर्ने मुस्कानको माग छ ।

विजय सामुदायिक शिक्षा सदन गैडाकोटका अध्ययन गरी सोही विद्यालयमा कम्प्युटर अपरेटर पदमा काम गर्दै आएका मुस्कानले सरकारले सहयोग गरे विभिन्न डिजाइनका गाडीहरु बनाउन सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?