+
+

कालिकोटका बाढी प्रभावितलाई पलको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते ९:०१

नायक पल शाहले कालिकोट पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा प्रभावितहरुलाई सहयोग गरिएको हो । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरा जाँदा ठूलो जनधनको क्षती भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता देखेर नै समय प्रतिकुल हुँदा पनि आफ्नो टिम कालिकोट पुगेको पलले बताए ।

उनीहरुले बाढी पहिरो प्रभावित ४० घर परिवारलाई खाद्यान्न, लत्ता कपडा वितरण गरेका थिए । नायक पल शाहले विभिन्न दुख झेल्दै आफूहरु कालिकोट पुगेको बताए । उनले भने–‘एकातिर कोरोनाको कहर, अर्कोतिर बाढी पहिरोले विग्रिएको सडक, कालिकोटसम्म आइपुग्न सहज थिएन । तर, यात्रा कष्टकर भएपनि कोरोनापछि पहिरोको समस्याले नागरिकहरु विपद्मा परेपछि हाम्रो टिम कालिकोट पुगेको हो ।’

पलले कालिकोटका नागरिकको पीडा महशुश गरेर आफूहरु यहाँ आएको बताए । म्यूजिक भिडियो छायांकनमा व्यस्त रहँदा कोरोना संक्रमण बढेपछि पलले काम रोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?