+
+

बिराटनगरको न्युरो अस्पतालमा महोत्तरीका संक्रमितको मृत्यु

हरि अधिकारी हरि अधिकारी
२०७७ भदौ १० गते ११:००

१० भदौ, विराटनगर । महोत्तरीका कोरोना संक्रमित पुरुषको बिराटनगरमा मृत्यु भएको छ । बिराटनगरको न्युरो अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जितराज बस्नेतका अनुसार मंगलबार राति संक्रमितको मृत्यु भएको हो ।

ती पुरुषलाई ३१ साउनमा अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ३ भदौमा स्वाब संकलन गर्दा आइतबार पोजेटिभ रिपोर्ट आएको थियो ।

पोजेटिभ रिपोर्ट आएपछि संक्रमितको उपचारका लागि अस्पतालले छुट्टै आइसोलेसन कक्षमा राखेको थियो । उनमा अन्य रोग पनि रहेको बताइएको छ ।

मंगलबार राति नै बिराटनगरकी एक महिलाको मृत्यु भएको थियो । बुढीगंगा गाउँपालिका– २ टंकिसिनवारीमा रहेको बिराट मेडिकल कलेजमा बिराटनगर–११ की ४४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?