+
+

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते १३:३२

१४ भदौ, काठमाडौं । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका-५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि उनी आइतबार बिहान ४ : ३५ बजे अस्पताल भर्ना भएका थिए । उनी मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको थिए ।

मृतक कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?