+
+

१० दिनदेखि ज्वरो आएका कैदीको कोरोना संक्रमणबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २६ गते २०:३९

२६ भदौ, विराटनगर । कोरोना भाइरस संक्रमणका कारण सुनसरिको झुम्कास्थित कारागारका एक कैदीको मृत्यु भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका घर भएका ४३ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

१० दिनदेखि ज्वरो आएको २ दिनदेखि खोकी र  श्वासप्रश्वासमामा कठिन भएपछि उनलाई शुक्रबार विहान ११ बजेर ५४ मिनेटमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो  ।

उनको शुक्रबार नै प्रतिष्ठानको प्रयोगशालामा जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनमा कुनै दीर्घरोग भएको नपाइएको सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?