+
+

क्रिकेटर ललितको हात र खुट्टाको शल्यक्रिया हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते १२:०६

१ असोज, काठमाडौं । गत आइतबार मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीको बिहीबार शल्यक्रिया गरिने भएको छ । ललितको हाल काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

क्रिकेट खेलाडी संघ नेपाल सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले ललितको शल्यक्रिया आज हुने जानकारी दिएका छन् ।

सोमबार काठमाडौं ल्याइ ग्राण्डीको आईसीयुमा उपचार सुरु गरिएका ललितको स्वास्थ्यमा क्रमिक सुधार भएकोले आज शल्यक्रिया गर्न लागिएको हो । दुर्घटनामा उनको दायाँ हा र दायाँ खुट्टा भाँचिएको छ । यस्तै कलेजोमा पनि चोट लागेको छ ।

आइतबार कञ्चनपुरको झलारीमा ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई धनगढीको निसर्ग अस्पताल र बाँकेको कोहलपुर मेडिकल कलेजमा सामान्य उपचारपछि काठमाडौं ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?