+
+

गुणस्तर जाँच गर्न २१ पानी उद्योगको नमूना संकलन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते १४:१४

१ असोज, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पिउने पानी उद्योगको अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो तीन दिनमा २१ वटा पानी उद्योगको गुणस्तर परीक्षण गर्न नमूना संकलन गरेको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले जानकारी दिए ।

बजार अनुगमन सम्बन्धी विभागको २६ गते बसेको बैठकले तीन वटा अनुगमन टोली बनाएर बजारमा खटाएको जनाएको छ । ‘हाललाई पिउने पानी, दूध तथा दाना उद्योगको अनुगमनलाई तिब्र बनाइएको छ,’ विभागका प्रवक्ता मर्हजनले भने ।

विभागले काठमाडौ, भक्तपुर र ललितिपुरका १७ वटा पानी उद्योगको नमूना संकलन २८ र २९ गते गरेको थियो भने थप चार पानी उत्पादक उद्योगको ३० गते अनुगमन गरेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?