+
+

सुदूरपश्चिममा प्रदेश सभा सदस्यलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते १९:०२

२७ असोज, कैलाली । सुदूरपश्चिम प्रदेश सभा सदस्य मनबहादुर धामीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । १२ असोजमा काठमाडौँ गएका सांसद धामी सोमबार धनगढी फर्किएका हुन् ।

धामीले आफूलाई काठमाडौँमै रहँदा संक्रमणम भएको हुन सक्ने बताए । ‘१५/६ दिन काठमाडौँ बसे त्यही संक्रमण भएको हुन सक्छ’ उनले अनलाइन खबरलाई भने ।

सोमबारदेखि उनी होम आइसोलेसनमा बसिरहेका छन् । कुनै गम्भीर लक्षण छैन । तर ,सामान्य समस्या देखिएको उनी बताउँछन् । ‘शरीर भारी भइरहेको छ, सास फेर्दा घाटीमा पनि असहज हुन्छ,’ उनले भने ।

अहिले घरमा बेसार पानी नियमित खाइरहेको उनी बताउँछन् । उनले भने ‘मैले अदुवा ,गुर्जो र बेसार पानी खाइरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?