+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जन्मदिनको केक खाँदा तनहुँमा १२ जना बिरामी

रासस रासस
२०७७ कात्तिक २ गते १३:३९

२ कात्तिक, दमौली (तनहुँ) । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा एकै १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् ।

बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्षीया जोशना विक, २८ वर्षीया सीता विक, ३७ वर्षीय रामकृष्ण विक, ९ वर्षीय समिर विक, १२ वर्षीय अमिर विक र ३५ वर्षीया जुना विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

केक खाएपछि झाडपखाला र बान्ता हुने तथा टाउको दुखेपछि सबैलाई दमौली अस्पताल भर्ना गरिएको छ । उनीहरुको हाल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । केक खाएका सबैलाई खाद्य विषाक्त भएको र सबैको अवस्था अहिले सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?