+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

लद्दाखमा एक चिनियाँ सैनिक भारतीय सेनाको कब्जामा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १६:५५
Photo Credit : AFP

३ कात्तिक, काठमाडौं । भारतीय सेनाले लद्दाखस्थित भारत–चीन सीमानजिकैबाट एक चिनियाँ सैनिकलाई पक्राउ गरेको छ । पछिल्लो समय भारत र चीनबीच सीमा समस्या समाधानको प्रयास जारी रहेको अवस्थामा भारतीय सेनाले चिनियाँ सैनिकलाई पक्राउ गरेको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार आइतबार राति सीमा पार गरेर भारतीय भूमिमा आएकाले उनलाई पक्राउ गरी सोधपुछ गरिएको छ । सोधपुछको क्रममा उनले आफू चिनियाँ सैनिक भएको बताएका थिए । उनीसँग केही सैन्य कागजात भेटिए पनि उनी हतियार भने नपाइएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चिनियाँ सैनिक थाहा नपाएको कारण भारतीय भूमिमा आएको हुन सक्ने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनले आफ्नो हराएको याकको खोजीमा भारतीय भूमिमा आइपुगेको बताएका छन् । थाहा नपाई भारतीय भूमिमा आएकाले उनलाई विद्यमान प्रोटोकल पूरा गरी चीन फर्काइने एएनआईले बताएको छ ।

गत जुन १५ मा दुई मुलुकका सैनिकबीच भएको झडपपछि भारत–चीन सीमाक्षेत्रमा तनाव देखिएको छ । यद्यपि त्यसयता तनाव कम गर्न दुई पक्षबीच निरन्तर वार्ता पनि हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?