+
+

भारतीय सीमा क्षेत्रमा नेपाली युवकको हत्या आशंका

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते १३:५१

६ कात्तिक, विराटनगर । भारतको सीमावर्ती बजार जोगवनी नजिकै नेपाली युवकको शव भेटिएको छ । दशगजाबाट करिब एकसय मिटर दक्षिणमा अन्दाजी २५/२६ वर्षीय एक नेपाली युवकको शव भेटिएको हो ।

शरीरका केही भागमा निलडाम भएको र कानबाट रगत बगेका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । ती युवकको पहिचान खुलेको छैन ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै भारतीय भूमिका शव भेटिएको बताए । उनका अनुसार घटनास्थल विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट लगभग सय मिटर पर भारततर्फ पर्छ ।

मृतक लागुऔषधका दुव्र्यसनी रहेको स्थानीयलाई उधृत गर्दै प्रहरीले बताएको छ । ‘मृतक युवक यसअघि सो क्षेत्रमा हिँडडुल गर्दा रहेछन्’ प्रहरी निरीक्षक थापाले भने ‘लागूऔषध प्रयोगकर्ता रहेको जानकारी आएपनि परिचय खुलेको छैन ।’ मृतकको पहिचान गर्ने प्रयास भइरहेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?