+
+

एली अवराम भन्छिन्–‘बलिउड सजिलो ठाउँ होइन’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ११ गते १४:३४

बलिउड नायिका एली अवरामले सन् २०१३ मा चलचित्र ‘मिक्की भाइरस’बाट रंगिन दुनियाँमा पाइला राखेकी थिइन् । तर, उनको करिअर अपेक्षित सफलताका साथ अगाडि बढिरहेको छैन । यसपछि उनले केही चलचित्रमा आइटम नृत्य पनि गरिन् । चलचित्र ‘मलंग’ र एक वेव सिरिजमा काम गरेकी एली करिअरको दौड सुरु हुन थालेको बताउँछिन् ।

उनले आफूले बल्ल केही आशातित भूमिकाहरु पाउन थालेको र आफूले कहिले पनि हरेश नखाएको उल्लेख गरेकी छिन् । बलिउड पृष्ठभूमीबाट नआएकाले पनि आफ्ना लागि बाटो देखाइदिने कोही नभएको उनको तर्क छ । कहिलेकाही सहयोगीविहिन हुँदा सामान प्याक गरेर घर फर्किन मन लाग्ने समेत उनको तर्क छ ।

नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवादको बिषयमा बहस भैरहेको छ । एली बलिउड सजिलो ठाउँ नभएको बताउँछिन् । एलीका अनुसार बलिउडमा काम गर्ने सोच बोकेर आउने जोकोही पनि मानसिक र शारीरिक रुपमा बलियो हुनुपर्छ । उनले, बलिउडलाई भोका मानिसहरुको सपनाको केन्द्र भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?