
१३ कात्तिक, धनगढी । कैलालीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-२ कि ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
कात्तिक १० गते कडा खालको निमोनिया भएपछि अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १२ गते उनलाई अस्थायी कोरोना अस्पतालमा सारिएको थियो ।
सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।
आईसीयूमा भर्ना भएकी महिलाको बिहान करिब ५ः३० मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4