
२० कात्तिक, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का एक लाखभन्दा धेरै संक्रमित थपिएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीले दिएको जानकारी अनुसार बुधबार एक लाख एक लाख दुई हजार ८३१ नयाँ संक्रमित थपिएका हुन् । यो संख्या एकैदिनमा थपिएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । यससँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ९४ लाख ८७ हजार ४६७ पुगेको छ ।
त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ३३ हजार ७२९ पुगेको छ । बुधबार मात्र अमेरिकामा कोरोनाको कारण एक हजार ९७ जनाको मृत्यु भएको हो ।
अमेरिका मृतक संख्या तथा संक्रमितको आधारमा कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । अहिले अमेरिकामा राष्ट्रपतिको निर्वाचनको मतगणना भइरहेको कारण कोरोनाको महामारीको विषय छायामा परेको छ । अहिले अमेरिकाका अस्पतालहरुमा ५० हजारभन्दा धेरै मानिसहरु भर्ना भएका छन् । यो संख्या गत अक्टोबरको सुरुआतको तुलनामा ६४ प्रतिशत बढी हो ।
प्रतिक्रिया 4