
२२ कात्तिक, बुटवल । दाङका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको हो ।
कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक २० गते साँझ भेरी अस्पतालमा भर्ना भएकामा शनिबार विहान साढे ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पताल आउनुअघि उनको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा ज्यान गएका कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4