Comments Add Comment

साहरुखको ‘पठान’मा दीपिका र जोनले लिए महंगो पारिश्रमिक

बलिउड नायक साहरुख खान २ बर्षपछि पर्दामा फर्किने तयारीमा छन् । चलचित्र ‘जिरो’ असफल भएपछि साहरुखले नयाँ चलचित्रमा काम गरेका छैनन् । उनै, साहरुखले यशराज ब्यानरको निर्माणमा बन्न लागेको एक्सनप्रधान चलचित्र ‘पठान’मा काम गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो चलचित्रमा नायक जोन अव्राहिम नेगिटिभ भूमिकामा देखिदैछन् । चलचित्रमा नायिकाको रुपमा दीपिका पादुकोणले काम गर्न लागेकी छिन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा नायक सलमान खानको पनि केमियो भूमिका हुनेछ । चलचित्रका लागि सलमानले १२ दिन सुटिङ गर्ने भारतीय मिडियाले दाबी गरिरहेका छन् ।

यसैविच, भारतीय मिडियाले चलचित्रका लागि जोन र दीपिकाले लिएको पारिश्रमिक पनि खुलासा गरेका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, चलचित्रका लागि जोन अव्राहिमले २० करोड पारिश्रमिक लिएका छन् । यस्तै, चलचित्रमा नायिका दीपिका पादुकोणले १५ करोड पारिश्रमिक लिएको मिडियामा उल्लेख छ ।

नायक साहरुख खानले बलियो कमब्याक गर्न लागेको दाबी बलिउड विश्लेषकहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment