
२३ कात्तिक, काठमाडौं । तनहुँका कोरोना संक्रमित एक वृद्धको उपचारको क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा आइतबार दिउँसो मृत्यु भएको छ ।
अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–१४ का ९६ वर्षीय वृद्धको आइतबार दिउँसो २ः५० बजे मृत्यु भएको हो ।
कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई कलेजको कोभिड कक्षको आईसीयूमा राखेर उपचार गरिएपनि बचाउन नसकिएको उनले बताए । डा. लम्सालका अनुसार उनी उच्च रक्त चापबाट पनि ग्रसित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4