+
+

दाङ देउखुरीमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २६ गते ७:५८
दुर्घटनास्थलबाट शव उठाउँदै गरेका प्रहरीहरु

२६ कात्तिक, लमही । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।

ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराति ८ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङले दिएको जानकारी अनुसार दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको छ ।

शवलाई लमही अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?