Comments Add Comment

नेप्सेको उत्साह कायमै, परिसूचक १७ सय नाघ्यो

२६ कात्तिक, काठमाडौं । मंगलबार देखिएको सेयर बजारको उत्साह बुधबार पनि कायमै देखिएको छ । मंगलबारको तुलनामा बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक अझै बढेको छ ।

अघिल्लो कारोबार मंगलबार करिब २६ अंकले उकालो लागेको नेप्से परिसूचक २८.८९ अंकले बढेर १ हजार ७ सय माथि नाघेको छ । नेप्से परिसूचक बढेर १ हजार ७ सय ७ दशमलव ६७ अंक पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सेन्सेटिभ इन्डेक्स १.५८ प्रतिशत अर्थात ५.२३ अंकले बढेको छ । कारोबार पनि मंगलबारकै हारहारीमा भएको छ ।

दिनभर भएका ३६ हजार ८ सय ९३ कारोबारबाट १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट १ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये फाइनान्स भने २ अंकले घटेको छ । यि बाहेक सबै उपसमूहहरु ओरालो लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment