+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

‘पर्यटन सुन्दरी’ छिरिङ आमादब्लम हिमाल चढ्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते ८:४०

काठमाडौं । स्टार वान इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिसेस नेपाल टुरिजम–२०१९’की विजेता छिरिङ डोल्मा शेर्पा हिमाल आरोहणका लागि निस्किएकी छन् । उनले सेभेन समिट ट्रेक प्रालिबाट आमादब्लम हिमाल आरोहण गर्न लागेकी हुन् ।

एभरेष्ट ट्रायल ट्रेक पद यात्रा हुँदै उनले आमादब्लम हिमाल आरोहण गर्नेछिन् । आमादब्लम हिमाल ६ हजार ८ सय १२ मिटर अग्लो छ ।

कोरोना महामारीका कारण पछिल्लो समय पर्यटन व्यवसाय संकटमा परेको बेला आन्तरिक प्रयटन प्रवर्द्धन गर्ने उद्देश्यले पदयात्रासहित हिमाल चढ्न लागेको छिरिङले बताइन् । ‘देश विकासका लागि विदेशी पर्यटकले मात्र पुग्दैन,’ उनले भनिन्, ‘त्यसका लागि हरेक स्थानमा आन्तरिक पर्यटकको पनि ध्यान तान्न सक्नु पर्दछ ।’

‘सेभेन समिट ट्रेक इन्टरनेशनल माउन्ट आमादब्लम एक्सपिडिसन टिम–२०२०’ सहित हिमाल आरोहणका लागि उनी केही दिन अगाडि काठमाडौंबाट सोलुखुम्बु प्रस्थान गरेकी छन् । सेभेन समिट ट्रेकले यस अगाडि बहराइनका राजकुमारलाई मनास्लु र लोबुचे हिमाल सफलतापूर्वक आरोहण गराएको थियो ।

छिरिङलाई लुक्ला एयरपोर्टमा खुम्बु पासाङ्ग ल्हामु गाउँपालिकाको उपमेयर टसी ल्हामु शेर्पाले स्वागत गरेका थिए । गाउँपालिकामा ‘कोभिड—१९’को प्रभावका विषयमा छलफल गर्दै छिरिङले आफ्नो ‘छिरिङ डोल्मा शेर्पा’ फाउन्डेसनबाट हिमाल आरोहणदेखि पदयात्राका क्रममा दुर्घटनामा परी निधन भएकाका सन्तानहरु शिक्षाबाट बन्चित नहोउन् भनेर आवश्यक सहयोग गर्नेसमेत बताइन् ।

कोरोना महामारीले गर्दा विदेशी तथा आन्तरिक पर्यटक ठप्पप्राय भएको समयमा आफूहरु जस्ताको यात्राले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

मोडलिङ, अभिनय, पर्यटन, शिक्षा र समाजसेवा जस्ता विभिन्न क्षेत्रमा क्रियाशील रहँदै आएकी शेर्पाले ‘मिसेस नेपाल टुरिजम–२०१९’मा शिर्ष सहित बेष्ट हेयर अवार्ड समेत हात पारेकी थिइन् । अबको उनको उद्देश्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको उपाधि नेपाल भित्र्याउने छ ।

शेर्पाले धेरै वर्ष अगाडिदेखि पर्यटन क्षेत्रमा समेत काम गर्दै आइरहेकी छन् । काठमाडौंको बौद्ध, फूलबारी निवासी उनी मोडल तथा अभिनेत्री पनि हुन् । अभिनेत्रीको रुपमा छायाँकन तयारीमा रहेको फिल्म ‘मुसी’मा उनी देखिदैछिन् भने मोडलिङलाई उनले २०५५ सालदेखि निरन्तरता दिएकी छन् ।

नेपाल राष्ट्रिय मोडलिङ संघको आजीवन सदस्य समेत रहेकी उनले मोडलिङ करिअरबाट संस्कृति र पर्यटन सदभावना दूत भएर नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान दिँदै आएकी छन् ।

उनी गत वर्षको अक्टोबरमा नेपाल पर्यटन बोर्डबाट दुई वर्षका लागि ‘टुरिजम एण्ड कल्चर गुडबिल एम्बेसडर’ भएलगत्तै नेपालको प्रर्यटन प्रचार प्रसारका लागि अमेरिकाको १२ राज्यमा पुगेकी थिइन् ।

बिभिन्न सौन्दर्य प्रतियोगिता, बालप्रतियोगितामा निर्णायक तथा अतिथिको भूमिका समेत निर्वाह गर्दै आएकी उनले केही महिना अगाडि अमेरिकामा आयोजित सातौं ‘मिस नेपाल युएस २०१९’मा समेत निर्णायकको जिम्मेवारी बहन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?