+
+

नेपाल प्रिमियर लिग १० वर्षका लागि भारतीय कम्पनीलाई ठेक्का दिने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते २१:३०

३ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनीलाई  दिने प्रस्ताव गरेको छ ।

क्यानको बुधबार सम्पन्न भर्चुअल साधरणसभामा एनपीएल आयोजना गर्नेबारे छलफल भएको थियो । क्यान पदाधिकारीको तर्फबाट एनपीएल आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनी सेभेन ३ स्पोर्टस् प्रालिलाई दिने प्रस्ताव पेश भएको छ ।

प्रस्तावअनुसार यो कम्पनीले पहिलो वर्ष करिब साढे २ करोड क्रिकेट संघलाई बुझाउनेछ । र, क्रमशः बढाएर १० वर्षमा करिव ४० करोड बुझाउनेछ ।

तर प्रस्तावित भारतीय कम्पनीले अहिलेसम्म ठूलो खेल प्रतियोगिता आयोजना गरेको रेकर्ड छैन । सन् २०१२ मा स्थापना भएको यो कम्पनीको चुक्तापूँजी एक करोड भारु मात्र छ । यस्तो कम्पनीले कसरी प्रतियोगिता सफलतापूर्वक आयोजना गर्छ भनेर बैठकमा प्रश्न उठेको एक सदस्यले जानकारी दिएका छन् ।

साथै पूर्वकप्तान एवं बारा प्रतिनिधि पवन अग्रवाल, प्रदेश ३ अध्यक्ष राजु बस्नेत लगायतले भने एनपीएल १० वर्षका लागि ठेक्कामा दिनु घातक हुने धारणा राखेका छन् ।

‘अहिलेका लागि २ करोड ठूलो रकम होला, १० वर्षमा नेपाल क्रिकेट धेरैमाथि पुगिसक्छ’ क्रिकेट प्रशिक्षक समेत रहेका बस्नेतले अनलाइनखबरसँग भने, ‘ठेक्कामै दिँदा पनि टेण्डर गर्ने हो ४० को सट्टा ८० पनि आउनसक्छ ।’

बस्नेत, अग्रवाल लगायतको जोड क्रिकेट संघ आफैंले प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने थियो । ‘प्रतियोगिता आयोजनाको सबै जिम्मा अरुलाई दिएर रोयल्टी मात्र लिने हो भने नेपालमा भइरहेका अरु लिगभन्दा के फरक रह्यो छ ?’ अग्रवाल भन्छन्, ‘जोखिम लिएर भएपनि यो प्रतियोगिता क्यान आफैंले आयोजना गर्नुपर्छ । बरु इभेन्ट म्यानेजमेन्टका लागि कम्पनीहरु हायर गर्न सकिन्छ ।’

नेपाल प्रिमियर लिग आयोजना गर्नुवर्छ भन्नेमा सधारणसभाका प्रतिनिधिहरु एकमत रहेको क्रिकेट संघले जनाएको छ । बैटकले क्रिकेट संघको स्वमित्व रहने गरी एनपीएलका लागि सम्झौता अगाडि बढाउने जिम्मा केन्द्रीय कार्यसमितिलाई दिएको छ ।

यदि प्रस्तावअनुसार भारतीय कम्पनीलाई एपीएल आयोजनाको ठेक्का दिने निर्णय गर्दा पनि क्यानले राष्ट्रिय खेदकुद परिषद्मार्फत सरकारसाग अनुमति लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?