+
+

समिक्षक गौतमको निधनमा चलचित्र पत्रकार संघद्धारा शोक व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १२:२३

कान्तिपुर दैनिकमा कार्यरत चलचित्र पत्रकार तथा समिक्षक गोकर्ण गौतमको निधनमा चलचित्र पत्रकार संघ नेपालले शोक व्यक्त गरेको छ । संघले जारी गरेको विज्ञप्तीमा चलचित्र क्षेत्रमा लामो समयदेखि निडर भएर गौतमले कलम चलाएको उल्लेख छ ।

सोमबार मस्तिष्कको नशामा समस्या देखिएपछि उनको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलाइड साइसेन्समा उपचार भैरहेको थियो । शल्यक्रियापछि उनको निधन भएको हो ।

३१ बर्षका गौतमको निधनले सिंगो पत्रकासिरता क्षेत्रमा अपुरणिय क्षती पुगेको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । निष्पक्ष रुपमा कलम चलाउँदै आएका गौतमको निधनमा चलचित्रकर्मी, पत्रकारहरुले पनि शोक व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?