Comments Add Comment

सरकारले भेटेन ‘थिंकट्यांक’मा जागिर गर्न इच्छुक अनुसन्धानकर्ता

८ मंसिर, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले बेरोजगारी बढेको समाचार आइरहेका बेला नीति अनुसन्धान प्रतिष्ठानमा जागिर खान भने कोही पनि इच्छुक देखिएको छैन ।

नेपाल सरकारले अख्तियार गरेको र गर्ने नीति/रणनीतिलाई विज्ञहरूको अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्न स्थापित प्रतिष्ठानमा जागिर खान योग्य व्यक्तिहरूले आवेदन नै दिएनन् ।

प्रतिष्ठानले गत कात्तिक १ गते ६ अनुसन्धानकर्ता र २ सहअनुसन्धानकर्ताको विज्ञापन खुलाएको थियो । पर्याप्त आवेदन नपरेपछि प्रतिष्ठानले पुनः विज्ञापन आह्वान गरेको छ ।

विकास पूर्वाधार तथा आर्थिक मामिला, शासकीय प्रबन्ध तथा सार्वजनिक सेवा प्रवाह, राजनीतिक र सामाजिक मामिला, विज्ञान, प्रविधि तथा वातावरण र सूचना तथा ज्ञान व्यवस्थापन गरी ६ अनुसन्धानकर्ता पदका लागि आवेदन पुनः खुलाएको हो ।

यस्तै, विकास पूर्वाधार तथा आर्थिक मामिला र शासकीय प्रबन्ध तथा सार्वजनिक सेवा प्रवाहतर्फ एक–एक जना सहअनुसन्धानकर्तामा जागिर खुलेको छ ।

कम्तिमा स्नातकोत्तर तह उत्तीर्णलाई २९ मंसिरभित्र आवेदन दिन प्रतिष्ठानले आह्वान गरेको छ ।

यो पनि पढ्नुहोस रित्तै भयो ओली सरकारको ‘थिंक ट्याङ्क’ यो पनि पढ्नुहोस थिंक ट्याङ्कको काममा सरकारले हस्तक्षेप गर्दैन : प्रधानमन्त्री ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment