
ड्रग्सको मुद्दामा गिरफ्तारमा परेकी भारतकी चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । नारकोटिक ड्रग्स एन्ड साइकोट्रापिक सब्सटेंसेज अदालतले यस्तो आदेश दिएको हो ।
भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको छ । दुबै जनाले जमानतका लागि निवेदन दिएका छन् । यसको सुनुवाई आज हुँदैछ । एनसीबीले १८ घन्टा सोधपुछ गरेपछि आइतबार हर्षलाई गिरफ्तार गरेको थियो ।
यस्तै, शनिबार साढे ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले भारतीलाई गिरफ्तार गरेको थियो । शनिबार एनसीबीले भारतीको अफिसमा छापा मार्दा ८६.५ ग्राम गाँजा बरामद गरेको थियो । उनले, पति हर्षको साथमा गाँजा लिने गरेको स्विकार गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4