Comments Add Comment

९ हजार २१० नमुना परीक्षण गर्दा १९४८ जनामा संक्रमण पुष्टि

१० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २१४० जना संक्रमणमुक्त भएका हुन् ।

देशभर १६ हजार ६३९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३४५ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३५ जना, ललितपुरका ११३ र भक्तपुरका ८७ जना छन् ।

झापाका १९३ जना, कास्कीका ९०, चितवनका ८२, मोरङका ७२, सुनसरीका ५३, दाङका ५१, धनुषाका ४८, रुपन्देहीका ४७, मकवानपुरका ३७, काभ्रेका ३१, गुल्मीका ३०, संखुवासभाका २८, पाल्पाका २५, सिराहाका २०, इलाम र नवलपुरका १९/१९ जना, नवलपरासी र बाँकेका १७/१७ जना, तनहुँका १५, गोरखाका १४, महोत्तरी, स्याङ्जा, दार्चुला र बैतडीका १३/१३ जना, बाग्लुङका १२ र सप्तरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुर, सर्लाही, सिन्धुपाल्चोक, लमजुङ, कपिलवस्तु र प्युठानका ८/८ जना, पाँचथरका ७, पर्वत र डडेलधुराका ६/६ जना, नुवाकोटका ५, दोलखा, सिन्धुली, अर्घाखाँची, बर्दिया र बाजुराका ४/४ जना, भोजपुर, पर्सा, बारा, रौतहट, धादिङ, रामेछाप, म्याग्दी, रोल्पा र कैलालीका ३/३ जना, खोटाङ, तेह्रथुम, जुम्ला, अछाम र डोटीका २/२ जना तथा ओखलढुंगा, धनकुटा, रसुवा र कञ्चनपुरका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment