+
+

कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते १०:५४

१४ मंसिर कैलाली । कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ ।

छतबाट खसेर गम्भीर घाइते भएका ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?