 
																			१५ मंसिर, चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन् ।
सरकारले सोमबार एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दा स्वास्थ्यमन्त्री ढकाल चितवनमा अस्पताल भवन शिलान्यास गर्न पुगेका हुन् ।
आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गरिएको छ ।
सो अवसरमा मन्त्री ढकालले अब देशका कुनै पनि पालिका अस्पतालविहीन नहुने बताए । सोमबार एकैसाथ देशभर ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ भएसँगै सबै नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउने कुरा सुनिश्चित गर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4